भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी, करिब १२ लाख क्षति
आइतबार, १३ पुस २०८२, ११ : २०
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित इँटा फ्याक्ट्रीमा आगलागी भएको छ । आइतबार बिहान विक्रम गाइजुले सञ्चालन गरेको ‘बिएम ब्रिक फ्याक्ट्री’ मा रहेको एउटा भवनमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।
काँचो इँटा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको तीन वटा अफिस कोठामा करेन्ट सर्ट भएर आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दमकलको सहयोगमा बिहान पौने ९ बजेतिर आगो निभाइएको एसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण