शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रवि र बालेनबिचको सहमतिपछि उज्यालो पार्टीका प्रवक्ताको प्रतिक्रिया– संवाद अझै जारी रहन्छ

आइतबार, १३ पुस २०८२, १५ : २४
आइतबार, १३ पुस २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीका प्रवक्ताका अनुसार रास्वपाका रवि लामिछाने र कुलमान घिसिङबीच संवादको ढोका अझै खुला छ।
  • रास्वपाका सभापति र काठमाडौँ महानगरपालिकाका मेयरबीच ७ बुँदे समझदारी भएपनि पार्टी सहमतिमै अघि बढ्न चाहन्छ।
  • उज्यालो नेपाल पार्टीका अनुसार सहअस्तित्व स्थापित हुने गरी एकताका लागि सहकार्य गर्न तयार छ।

काठमाडौँ । उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबिच अझै संवादको ढोका खुला रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान रास्वपाका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच ७ बुँदे समझदारी हुँदा कुलमान छुटेपनि संवादको ढोका अझैँ खुला रहेको थापाले बताएका हुन् । 

आइतबार रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘उज्यालो नेपाल पार्टी अझै पनि सहमति गरेर जाने पक्षमा छ । यसमा अझै बाटो खुलै छ । उज्यालो नेपाल निरन्तर संवाद जारी राख्ने पक्षमा छ ।’

उनले सहअस्तित्व स्थापित हुने गरी एकता गर्ने पक्षमा पार्टी सदैव आवश्यक सहकार्यका लागि तयार रहने पनि बताए । सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ छ ।

रास्वपा र कुलमानबिच एकताका लागि पटक पटक वार्ता भएको थियो । तर, वार्तामा सहमति नभएपछि रवि र बालेनबिचमात्रै सहमति भएको थियो । 

त्यस्तै, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाले पनि अझैपनि वार्ता र संवादलाई जारी राख्दै उज्यालो पार्टी अगाडि बढ्ने प्रतिक्रिया दिए । उनले भने, ‘रवि–बालेन सम्झौतामा उज्यालो नेपाल पार्टी हाललाई नीतिगत र वैचारिक अस्पष्टताका कारण सहमत हुन सकेन । अब हामी आफ्नो हिसाबले अगाडि बढ्छौँ ।’

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप