शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

सोमबार, १४ पुस २०८२, ११ : ३५
सोमबार, १४ पुस २०८२

काठमाडौँ । कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

कार्यालयका अनुसार, ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय एकार्य श्रीमल ललितपुरको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सन र चिनियाँ ठेकेदार कम्पनी चोङकिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशनलाई डेढ–डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । 

यस्तै, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालिलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै रौतामाई गाउँपालिकाको कार्यालय उदयपुरको सिफारिसमा सिंगदन सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालि र विशाल निर्माण सेवालाई  १र१ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप