उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री सहयोग
काठमाडाैँ । लायन्स क्लब अफ काठमाडौं थलीले उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण दिएको छ । सोमवार क्लबले उपत्यका ट्राफिक प्रहरीलाई उपलब्ध गराएको सामग्री काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललेको उपस्थितिमा कार्यालयलाई हस्तान्तरण गरेको हो ।
ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै क्लवका प्रतिनिधि रुपक सिम्खडाले बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले म्याजिक लाइट उपलब्ध गराएको बताए । उनले अगामी दिनमा समेत समाजको आवश्यकताको आधारमा सुरक्षाकर्मीहरुलाई क्लबको क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँका प्रमुख ल्लिा अधिकारी ईश्वरराज पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न भएको चुनौतीपूर्ण अवस्थामा ट्राफिक प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराएर ठूलो सहयोग भन्दै क्लबलाई धन्यावाद ज्ञापन गरे । उनले उपकरण सहयोगले ट्राफिक प्रहरीलाई पुनः सशक्त बनाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण दिएर तपाईहरुले ठुलो गुन लगाउनुभएको छ । यो कार्यका लागि तपाईलाई धन्यावाद दिन चाहान्छु । ट्राफिक प्रहरीका लागि जेनजी आन्दोलन पछाडि असाध्यै ठूलो संकटमा पर्ने स्थितिमा हुनुहुन्थ्यो । तर अहिले प्रहरी निकै बलियो भएर आइसकेको हामीले देखेका छौँ । आन्दोलनपछि सुरुमा प्रहरी पनि थिएन, सडक ट्राफिक व्यवस्थापन पनि थिएन । अहिले सामान्य हुँदै गएको छ ।’
आन्दोलनपछि केही समय प्रहरीको उपस्थिति र ट्राफिक व्यवस्थापन दुवै कमजोर भएपनि हाल स्थिति सुधारोन्मुख रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण