नेपाली कम्युनिस्ट पार्टीको विकल्प छैन : माधव नेपाल
मङ्गलबार, १५ पुस २०८२, १४ : ५४
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को विकल्प नभएको बताएका छन् ।
रुकुमदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावललाई पेरिसडाँडामा मंगलबार सम्मान कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।
प्रतिकुल अवस्थामा नयाँ यात्रा गर्न लागेका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आगामी निर्वाचनका लागि रुकुम आउन गरेको आग्रहमा उनले समर्थन गरे ।
‘नेपाली कम्युनिस्ट पार्टीको कुनै विकल्प छैन । एकताको कुनै विकल्प छैन । प्रतिकूल अवस्थामा नयाँ यात्रा गरेका प्रचण्डलाई रुकुम पश्चिमबाट सन्देश पनि ल्याउनु भएको छ । ती सबै भावनालाई समेट्नुपर्छ’, उनले भने ।
पुस १ गतेदेखि पैदल यात्रा गरेका रावल सोमबार मात्र काठमाडौँ आइपुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण