सामाजिक सञ्जाल र सहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याए : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भन्ने भ्रम फैलाउन खोजिएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा बोल्दै प्रचण्डले दशकौँसम्म त्याग, तपस्या, विचार र निष्ठाको कीर्तिमान राखेकाहरूलाई बदनाम गर्ने काम भइरहेको बताएका हुन्।
अहिले विचार, इतिहास, त्याग र बलिदान नभएकाहरूले नेपाल पूरै कब्जा गरिसकेझैँ गरी सामाजिक सञ्जालमा प्रस्तुत हुन खोजेको उनको तर्क छ। प्रचण्डले सहर बजारमा चर्चा गरिएजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा एवं पार्टी एकताप्रति सकारात्मक भाव रहेको दाबी गरे। सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो प्रतिकूल परिस्थिति नरहेको जिकिर गर्दै उनले सूचना प्रविधिको स्वामित्व र प्रभाव प्रतिक्रियावादी शक्तिहरूको हातमा रहेकाले उनीहरूले चाहेजस्तै गरी यसको प्रयोग भइरहेको उल्लेख गरे।
उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कब्जा गरेको ठान्नेहरू विरुद्ध जनता एक भएर लाग्नुपर्नेमा जोड दिए। राष्ट्रको झण्डा, कम्युनिस्ट पार्टीको झण्डा र नेकपाको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुम पूर्वदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका नेता केशव रावलले कार्यक्रममा प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण