शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सलमानको ‘ब्याटल अफ गलवान’ बाट चीन असन्तुष्ट

मङ्गलबार, १५ पुस २०८२, २० : ५३
मङ्गलबार, १५ पुस २०८२

काठमाडाैँ। बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर चीनले कडा आपत्ति जनाएको छ। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले एक विशेष लेख प्रकाशित गर्दै यो फिल्मले ऐतिहासिक तथ्यहरूलाई तोडमोड गरेको दाबी गरेको हो।

सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरू बिच भएको हिंसात्मक झडपमा आधारित यो फिल्म आगामी १७ अप्रिल २०२६ मा रिलिज हुँदैछ। अपूर्व लाखियाले निर्देशन गरेको यस फिल्ममा सलमान खान कर्नल सन्तोष बाबुको भूमिकामा देखिँदैछन्, जसको टिजर सलमानको जन्मदिनमा सार्वजनिक गरिएको थियो।

ग्लोबल टाइम्सले आफ्नो लेखमा सलमान खानको अभिनय क्षमतामाथि समेत व्यङ्ग्य गरेको छ। चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले सलमानलाई ‘बजरंगी भाईजान’ का अभिनेताका रूपमा चिन्ने भए पनि उनलाई ‘अजय’ देखाउने बलिउडको शैलीको खिल्ली उडाउने गरेको दाबी पत्रिकाले गरेको छ।

चिनियाँ विज्ञहरूले बलिउडले राष्ट्रवादी भावना जगाउन फिल्मलाई हतियार बनाएको र यसले चीनको सार्वभौमिकता रक्षा गर्ने जनमुक्ति सेना (पीएलए) को संकल्पलाई कुनै असर नगर्ने तर्क गरेका छन्। विशेषगरी भारत–चीन सम्बन्ध सामान्यीकरणतर्फ अघि बढिरहेका बेला यस्तो फिल्म निर्माण हुनुले शत्रुता बढाउने चिनियाँ पक्षको बुझाइ छ।

सन् २०२० को उक्त झडपमा भारतका २० सैनिक मारिएका प्राप्त गरेका थिए भने भारतले चीनतर्फ ४५ भन्दा बढी सैनिक मारिएको दाबी गर्दै आएको छ। यद्यपि चीनले लामो समयसम्म आफ्ना सैनिकको हताहती लुकाएर पछि मात्र चार जनाको मृत्यु पुष्टि गरेको थियो।

फिल्ममा सलमानले निभाएको कर्नल सन्तोष बाबुको भूमिकालाई लिएर चिनियाँ मिडियाले असन्तुष्टि पोखे पनि भारत सरकारले भने बाबुलाई मरणोपरान्त ‘महावीर चक्र’ बाट सम्मानित गरिसकेको छ। चिनियाँ सैन्य विज्ञ सोङ झोङपिङले फिल्म जतिसुकै नाटकीय भए पनि यसले गलवानको आधारभूत सत्य बदल्न नसक्ने टिप्पणी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप