मुद्रा अवमूल्यनको असर: इरानभर तेस्रो दिन पनि विरोध प्रदर्शन
सारांश
- इरानमा महंगी र मुद्राको मूल्यमा आएको गिरावटको विरोधमा प्रदर्शन भएको छ।
- प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।
- राष्ट्रपतिले आन्तरिक मन्त्रीलाई प्रदर्शनकारीहरूसँग वार्ता गर्न निर्देशन दिएका छन् र गभर्नर परिवर्तन गरेका छन्।
तेहरान । महँगी र घरेलु मुद्रा भाउमा आएको तीव्र कमीलाई लिएर इरान मंगलबार तेस्रो दिन पनि विरोध प्रदर्शन र हडताल अशान्तिपूर्ण रह्यो । खुला बजारमा अमेरिकी डलरको तुलनामा इरानी रियालको मूल्य अहिलेसम्मकै न्यून बिन्दुमा झरेपछि आइतबार तेहरानको ग्रान्ड बजारका पसलेहरूले हडताल गरेपछि विरोध प्रदर्शन सुरु भएको थियो ।
त्यसबेलादेखि कारज, हमेदान, केश्म, मलार्ड, इस्फहान, केर्मनशाह, शिराज र याज्द सहरहरूमा प्रदर्शनहरू भइरहेको बीबीसी फारसीद्वारा प्रमाणित भिडियोहरूले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । प्रदर्शन मंगलबार पनि भएको थियो । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो ।
विरोध प्रदर्शनलाई बुझ्ने र उनीहरूले कठोर आवाजमा बोले पनि धैर्यपूर्वक सुन्ने इरानी सरकारले बताएको छ । समस्या समाधानार्थ उपाय अपनाउन र जिम्मेवारीपूर्वक कदम चाल्न सकियोस् भनेर आफूले आन्तरिक मन्त्रीलाई प्रदर्शनकारीहरूको प्रतिनिधि भनिएकाहरूसँग वार्ता गर्न निर्देशन दिएका राष्ट्रपति मसूद पेजेश्कियानले सोमबार अबेर एक्समा लेखेका थिए । उनले इरानको केन्द्रीय बैंकका गभर्नर मोहम्मदरेजा फरजिनको राजीनामा स्वीकार गरेर उनको ठाउँमा पूर्व अर्थतन्त्र तथा अर्थमन्त्री अब्दुलनासेर हेम्मतीलाई नियुक्त गरेका छन् ।
‘तानासाहलाई मृत्यु देऊ’ भन्ने खालका सरकार विरोधी नाराहरू लगाउँदै विश्वविद्यालयका विद्यार्थीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । केही प्रदर्शनकारीहरूले १९७९ को इस्लामिक क्रान्तिमा अपदस्थ गरिएका स्वर्गीय शाह मोहम्मद रेजा पहलवीका छोराको समर्थनमा नारा लगाएको पनि सुनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण