सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

बुधबार, १६ पुस २०८२, २२ : १३
बुधबार, १६ पुस २०८२

काठमाडौँ ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण युवाको सम्झना तथा सम्मानमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजनन्द माण्डव्यले सहिद भएका युवाका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।

यसै अवसरमा प्रतिष्ठानले १३औँ राष्ट्रिय पोशाक तथा अन्तरराष्ट्रिय टोपी दिवसको पूर्वसन्ध्यामा ढाका टोपीको प्रतिमा पनि स्थापना गरेको छ । नेपाली पहिचान, संस्कृति तथा परम्परागत महत्व उजागर गर्ने उद्देश्यले उक्त प्रतिमा स्थापना गरिएको अध्यक्ष माण्डव्यले बताए ।

साथै बिहीबार नेपाली पहिचान झल्किने गरी राष्ट्रिय पोशाकमा कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप