शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनसङ्ख्या बढाउन चीनले लगायो कन्डममा कर

बिहीबार, १७ पुस २०८२, १० : ४३
बिहीबार, १७ पुस २०८२

सारांश

  • चीनले कन्डममा १३ प्रतिशत कर लगाएको छ, जसले गर्दा जनसङ्ख्या बढाउने प्रयासमा चुनौती थपिएको छ।
  • चीनमा जन्मदर घट्दै गएको र वृद्ध जनसंख्या बढ्दै गएपछि सरकारले युवाहरूलाई विवाह र बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ।
  • कन्डममा कर लगाउने नीतिलाई लिएर आलोचना भइरहेको छ, कतिपयले यसलाई बच्चा हुर्काउने खर्चसँग तुलना गरेका छन्।

बेइजिङ । चीनले कन्डममा कर लगाएको छ । जनवरी १ देखि चिनियाँ जनताले गर्भनिरोधकहरूमा १३ प्रतिशत बिक्री कर तिर्नु पर्नेछ । बाल हेरचाह सेवाहरूमा भने छुट दिइनेछन् । हालैका वर्षहरूमा जन्मदर कीर्तिमानी न्यून स्तरमा ओर्लिएर जनसङ्ख्या घट्दै  गएपछि चीन जनसङ्ख्या बढाउने प्रयासमा छ ।

गत वर्षको अन्त्यमा घोषणा गरिएको कर प्रणालीको पुनर्संरचनाले १९९४ देखि लागू रहेका धेरै छुटहरूलाई हटाएको छ  ।  यसले विवाहसँग सम्बन्धित सेवाहरू र वृद्ध हेरचाहलाई मूल्य अभिवृद्धि करमा पनि छुट दिएको छ  । सुत्केरी बिदा  बढाउने र सन्तान जन्माए बापत नगद प्रोत्साहन दिने लगायतका उपाय पनि अपनाइएको छ ।

वृद्ध जनसङ्ख्या बढिरहेको  र अर्थतन्त्र सुस्तँइरहेको अवस्थामा चीनले युवा चिनियाँहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गरिरहेको छ । २०२४ मा चीनमा ९ करोड ५४ लाख शिशु जन्मिएका छन् । योसँगै लगातार चीनको जनसङ्ख्या घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यो  एक दशक अघिको कीर्तिमानी स्तरको तुलनामा झन्डै आधा हो ।

सरकारको यो नीतिको अहिले आलोचना भइरहेको छ । पछिल्लो समय बच्चा बच्ची हुर्काउने खर्च बढेको छ । यस्तोमा केहीले बच्चा जन्माउनु कन्डममा कर तिर्नुभन्दा धेरै महँगो छ भन्दै सरकारको यो नीति ठट्टामा उडाइरहेका छन् । एक जनाले ‘म अब जीवनभरको लागि पुुग्ने कन्डम किन्छु’ भनेर कमेन्ट गरेका छन् । अर्का एक जनाले मानिसहरूले कन्डमको मूल्य र बच्चा हुर्काउन लाग्ने खर्चबीचको भिन्नता बताउन सक्छन् भन्दै कमेन्ट लेखेका छन् ।

चीन बच्चा हुर्काउने सबैभन्दा महँगो देशहरू मध्ये एक हो । यहाँ विद्यालयको पढाई पनि पहँगो छ । यस्तोमा कामकाजी आमाले काम र बच्चा हुर्काउनबीचको तालमेल मिलाउन नसक्नु अर्को समस्या बनेको बेइजिङमा रहेको युवा पपुलेशन रिसर्च इन्ष्टिच्युटले २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको थियो ।

घर जग्गा बजारमा आएको संकटले गर्दा उत्पन्न आर्थिक मन्दीले परिवारहरू र विशेष गरी युवाहरूलाई आफ्नो भविष्यबारे चिन्तित छन् । यस्तोमा सन्तान जन्माउने र  परिवार बढाउनेबारे धेरैले सोच्न छाडेका छन् । ‘मेरो एउटा बच्चा छ, र मलाई अब अरू केही चाहिँदैन’ पूर्वी प्रान्त हेनानमा बस्ने ३६ वर्षीय डेनियल लुओ भन्छन्।

कन्डमको मूल्य बढ्नु सबवेको भाडा बढेको जस्तै भएको लुओ भन्छन् । यसको भाउ एक वा दुई युआनले बढ्न्दैमा मान्छेले यसलाई प्रयोग गर्न छाड्दैनन् । उनी भन्छन कि उनी मूल्य वृद्धिबाट चिन्तित छैनन्। ‘कन्डमको एउटा प्याकेटको मूल्य पाँच युआन, सायद १०, बढीमा २० हुन सक्छ। एक वर्षमा, यो केही सय युआन मात्र हो, पूर्ण रूपमा किफायती छ ।’ लुओको भनाइ छ ।

तर अरुको लागि यो समस्याकारी हुन सक्छ । गर्भनिरोधकको भाउ बढाउँदा आर्थिक रुपमा पहिले नै कठिनाई भोगिरहेका वा विद्यार्थीहरूले जोखिम उठाउन सक्ने मध्य चीनको सियान शहरमा बस्ने रोजी झाओको भनाई छ । कन्डममा कर बढाएर जन्मदर बढ्छ भनेर सोच्नु ‘ओभरथिङकिङ’ हो भनेर युनिभर्सिर्टी अफ विस्कन्सिन–म्याडिसनका डेमोग्राफर यि फुजियान भन्छन् । चीनले घरजग्गा बजारमा आएको मन्दी र बढ्दो राष्ट्रिय कर्जासँग जुुध्न जहाँबाट सकिन्छ त्यहीँबाट कर असुल्न लागेको उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप