देशको पहिचान जोगाउन सबै लाग्नुपर्छ : मन्त्री खरेल
काठमाडाैँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताएका छन् । राष्ट्रिय पोशाक दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय झण्डाप्रति सबैको सम्मान र गरिमा रहेको समेत बताए । उनले देशको पहिचान जोगाउन सबै लागिपर्नुपर्ने बताए ।
मन्त्री खरेलले भने, ‘हामीले आफ्नो देशको पहिचान जोगाऔँ । देशभित्र पनि जोगाऔँ । विश्वमा पनि जोगाऔँ । त्यसको लागि यहाँहरुसँग हातेमालो गर्न नेपाल सरकार तयार छ । राष्ट्रिय झण्डा भन्नेबित्तिकै यसप्रतिको श्रद्धा यति धेरै छ । यो देशमा राष्ट्रिय एकताको प्रतिक अहिले केही छ, जसले सबै नेपालीलाई जोड्नसक्छ भने त्यो यही राष्ट्रिय झण्डा हो ।’
उनले पोशाक दिवसलाई राष्ट्रिय दिवसको रुमपा मनाउने पहलमा आफू निरन्तर लागिपर्ने बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण