राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
भोजपुर । जनप्रतिनिधि भनेपछि प्रायः राजनीति र प्रशासनिक काममै सीमित हुने धारणाबिच भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास भने फरक पहिचान बनाउन सफल भएका छन्।
सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै बाँकी समय उत्पादनमूलक क्षेत्रमा लगानी र समर्पित भएर समृद्धिका लागि उदाहरण प्रस्तुत गरेका छन्।
उदासले भने,“कृषि मेरो रुचिको विषय मात्र होइन, सम्भावनाको क्षेत्र पनि हो। नगरको जिम्मेवारीसँग कृषि कर्ममा पनि जुटेको छु ।” उनले कृषि कर्म आम्दानीको माध्यम मात्र नभई आत्मनिर्भरता र सम्मानजनक जीवनको आधार रहेको बताए।
विगत ३५ वर्षदेखि निरन्तर व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका मेयर उदासले हाल १५ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा करिब ३०० बोट सुन्तला हुर्काएका छन् । उनकाे अनुभव, निरन्तरता र मेहनतको संयोजनले सुन्तलाखेती सफल बन्दै गएको छ।
सुन्तला बगैँचाबाट मात्रै वार्षिक रु ६ देखि आठ लाखसम्म आम्दानी गर्दै आएका उदासले व्यावसायिक सुन्तलाखेतीबाट ग्रामीण भेगमै बसेर पनि स्थिर आम्दानी लिन सकिने सन्देश दिन सफल भएका छन् ।
कृषिमा विविधीकरणलाई जोड दिँदै उनले पाँच वर्षअघि २० रोपनी क्षेत्रफलमा आँप र लिचीखेती विस्तार गरेका थिए। अहिले उक्त क्षेत्रमा करिब २०० बोट आँप र २०० बोट लिची छन् । विस्तार गरिएका केही बोटहरुले फलदिन सुरु गरेको छ । ती फलफूलका बोटले पूर्ण उत्पादनमा दिँदा वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुनेछ।
दीर्घकालीन सम्भावना बोकेको कफीखेतीतर्फ पनि मेयर उदासको ध्यान गएको छ । दुई रोपनी क्षेत्रफलमा कफीखेती विस्तार गरी भविष्यमा थप आयको स्रोत निर्माण गर्ने प्रयास गरेका छन्।
पूर्वशिक्षक तथा सामाजिक अभियन्ता उदासले २५ वर्ष शिक्षण पेसामा बिताएकाे अनुभवलाई अहिले कृषि र नेतृत्व दुवै क्षेत्रमा प्रयोग गरिरहेका छन् । योजना र निरन्तरतामा विश्वास गर्ने उदासको बानीले कृषि कर्मलाई पनि व्यवस्थित बनाएको छ।
बहुवर्षीय बाली सुन्तला, कागती, आँप, लिची र कफी एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै पनि वर्षेनी राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ।
“राजनीति गर्ने मान्छेले समाजका लागि उदाहरण बन्नुपर्छ”, मेयर उदासले भने, “काम गरेर देखाउँदा मात्रै अरूलाई विश्वास लाग्छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण