उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
सारांश
- उद्योग मन्त्रालयले शासकीय सुधारका ३२ कार्य सम्पन्न गरी प्रतिवेदन बुझायो।
- मन्त्री गौरिकुमारीले समयअगावै कार्य सम्पन्न गरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइन्।
- सुशासन र परिणाममुखी कार्यशैली स्थापित गर्ने मन्त्रालयको लक्ष्य छ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत ३२ वटा कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।
उद्योगमन्त्री गौरिकुमारीले कार्ययोजनाअन्तर्गत तोकिएका कार्य समय अगावै सम्पन्न गरी विस्तृत प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएकी हुन् । कार्ययोजनाले निर्दिष्ट गरेका नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, प्रभावकारी सेवा प्रवाह, लगानीमैत्री वातावरण सृजना, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारप्रति जनविश्वास बढाउने, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली स्थापित गर्ने उद्देश्यका साथ मन्त्रालयले आफ्ना कामलाई तीव्र बनाएको उद्योग मन्त्रीको भनाइ छ । कार्ययोजनामा घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन प्रधानमन्त्री शाहले निरन्तर निर्देशन दिँदै आउनुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण