रियल छोड्ने दाउमा रोड्रिगो, प्रिमियर लिग र पीएसजीको नजर
सारांश
- ब्राजिलियन फरवार्ड रोड्रिगोले रियल म्याड्रिड छाड्ने तयारी गरेका छन्।
- नयाँ प्रशिक्षक र अन्य खेलाडीको प्राथमिकताका कारण रोड्रिगोले बेन्चमा समय बिताउनुपरेको थियो।
- उनले म्यानचेस्टर सिटी, आर्सनल, बायर्न म्युनिख वा पीएसजी जस्ता क्लबमा आबद्ध हुने योजना बनाएका छन्।
म्याड्रिड । ब्राजिलियन स्टार फरवार्ड रोड्रिगोले स्पेनिस क्लब रियल म्याड्रिड छोड्ने तयारीलाई तीव्र पारेका छन्। पछिल्ला केही खेलमा उत्कृष्ट प्रदर्शन गरे तापनि २४ वर्षीय रोड्रिगो सन् २०२६ मा म्याड्रिड छोडेर नयाँ गन्तव्यमा जाने मुडमा देखिएका हुन्।
ट्रान्सफर बजारका प्रभावशाली एजेन्टसँग सहकार्य गर्दै उनले क्लब बाहिरिने प्रक्रिया अगाडि बढाउन लागेको रिपोर्ट बाहिरिएको छ। नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै टोलीमा भिनिसियस जुनियर र नयाँ खेलाडी फ्रान्को मस्टान्टुआनोले प्राथमिकता पाउँदा रोड्रिगोले बेन्चमा धेरै समय बिताउनुपरेको थियो। यही कारणले गर्दा पनि उनले क्लब छोड्ने निर्णय गरेको बुझिएको छ।
पछिल्ला तीन खेलमा तीन गोलमा योगदान दिँदै उनले आफ्नो लय फर्किएको संकेत दिए पनि क्लब व्यवस्थापन र प्रशिक्षकसँगको सम्बन्धका कारण उनी म्याड्रिडमा बसिरहन इच्छुक देखिएका छैनन्।
यसअघि सन् २०२२ मा आफ्ना एजेन्ट निक अर्कुरीसँग अलग भएका रोड्रिगो अहिले विश्व फुटबलका दुई प्रभावशाली ‘सुपर एजेन्ट’ सँग वार्तामा छन्। ठूला ट्रान्सफर गराउन माहिर एजेन्टमार्फत उनले म्यानचेस्टर सिटी, आर्सनल, बायर्न म्युनिख वा पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता क्लबमा आबद्ध हुने योजना बनाएका छन्। रियलले रोड्रिगोको मूल्य करिब १०० मिलियन युरो तोकेको छ।
रोड्रिगोले जनवरीको विन्डोमै क्लब छोड्न चाहेका थिए, तर स्टार स्ट्राइकर किलियन एमबाप्पे चोटका कारण मैदान बाहिर रहेकाले रियलले उनलाई अहिले नै छाड्ने सम्भावना न्यून छ। त्यसैले उनले सन् २०२६ को फिफा विश्वकपसम्म रियलमै बसेर त्यसपछि मात्रै नयाँ अध्याय सुरु गर्ने सोच बनाएका छन्।
रियलले पनि रोड्रिगोलाई बेचेर आउने मोटो रकमबाट रक्षापङ्क्ति र मिडफिल्डमा नयाँ खेलाडी भित्र्याउने दाउ हेरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण