काठमाडौँमा एकै दिन चार घरमा चोरी
सारांश
- शुक्रबार काठमाडौं उपत्यका र कैलालीका पाँच स्थानमा ३७ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- चन्द्रागिरीमा एक महिलाको कोठाबाट १८ लाख ७७ हजार रुपैयाँ बराबरको सामान चोरी भएको छ।
- प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका र कैलालीका विभिन्न पाँच स्थानमा शुक्रबार दिउँसो र साँझ गरी करिब ३७ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। काठमाडौँको चन्द्रागिरी र तारकेश्वर नगरपालिकाका तीन स्थान, महानगरपालिकाको ईनार चोक र कैलालीको धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना भएका हुन्।
चन्द्रागिरी नगरपालिका–१४ बाईछापमा डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट सबैभन्दा ठूलो रकम बराबरको धनमाल चोरी भएको छ। उनको कोठाबाट नगद र सुनचाँदीका गरगहनासहित करिब १८ लाख ७७ हजार रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।
यस्तै, तारकेश्वर नगरपालिका–१० मनमैजुमा सुजन तामाङको डेराबाट २ लाख ६ हजार र सोही नगरपालिकाको वडा नम्बर ११ नेपालटारमा हेमा कुमारी खड्काको कोठाबाट ३ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौँ महानगरपालिका–१५ ईनार चोकमा बिमला परियारको कोठाबाट पनि १० लाख रुपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी भएको छ।
उपत्यका बाहिर कैलालीको धनगढी उपमहानगरपालिका–७ बुद्धचोकस्थित हरि प्रसाद जोशीको घरबाट ५ तोला सुनका गहना र मोबाइल चोरी भएको छ। प्रहरीले यी सबै चोरीका घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण