मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते, ७ को अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना हुँदा घाइते भएका ९ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार घाइते हुनेहरूमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन् । घाइतेमध्ये बालक र बालिकाको अवस्था मध्यम रहेको उनले बताए ।
सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको सुमोबाट घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण