दुर्घटना
सुमो दुर्घटना अपडेट : ६ जनाको मृत्यु
आइतबार, २० पुस २०८२, २० : ००
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ९ जना मध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन । घाइते मध्ये ३ जनाको उपचार भइरहेको उनले बताए ।
जुरीखेतमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना भएको थियो । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण