अण्डाको मूल्य घट्यो
सारांश
- नेपाल लेयर्स कुखुरापालक सङ्घले भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको छ।
- ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ र मध्यम अण्डाको मूल्य ४६० रुपैयाँ कायम भएको छ।
- बढ्दो जाडो, कम पर्यटकीय गतिविधि र मागभन्दा बढी उत्पादनका कारण मूल्य घटाइएको हो, जसले किसानलाई घाटा पुर्याउने देखिन्छ।
चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा कटौती गरेको छ। सङ्घले भोलिदेखि लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो। नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ कायम भएको छ।
यस्तै, मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट ५५० बाट घटेर ४६० रुपैयाँमा झरेको सङ्घले जनाएको छ। उपभोक्ताले अब प्रतिगोटा २० रुपैयाँमा अण्डा पाउनेछन्, जबकि यसअघि उपभोक्ता मूल्य २५ रुपैयाँ तोकिएको थियो। बढ्दो जाडोका कारण विद्यालयहरू बन्द हुनु, पर्यटकीय गतिविधि कम हुनु र बजारमा मागभन्दा उत्पादन बढी हुनुले मूल्य घटाउनुपरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए।
उनका अनुसार धेरै किसानले अण्डाको राम्रो मूल्य पाउने आशामा पुराना कुखुरा बिक्री नगरी उत्पादन जारी राख्दा बजारमा अण्डाको थुप्रो लागेको छ। यद्यपि, अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने हुनाले हालको घटेको मूल्यले किसानलाई ठूलो घाटा हुने देखिएको छ। लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्ने अवस्थामा ४७५ रुपैयाँमा बिक्री गर्दा किसानहरू मारमा परेका छन्। जाडो कम भई जनजीवन सहज भएपछि मात्र माग र मूल्य पुनः बढ्न सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण