गैँडाको आक्रमणबाट मृत्यु
मङ्गलबार, २२ पुस २०८२, १३ : ०८
सारांश
- चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा भरतपुर महानगरपालिका १२ का ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेका छन् ।
- सोमबार रामबेल सामुदायिक वनमा घाँसदाउरा काट्न गएका बेला गैँडाले आक्रमण गरेको थियो।
भरतपुर । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेका छन् ।
सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण