इरान विश्वकपको नकआउटमा पुग्ने सम्भावना कति ? यस्तो छ समीकरण
सारांश
- विश्वकपको समूह चरणको अन्तिम खेलमा इजिप्टसँग १-१ गोलको बराबरीमा रोकिएपछि इरानको नकआउट चरण पुग्ने सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने भएको छ।
- यो समूहबाट बेल्जियम ७ अंकसहित विजेता र इजिप्ट ५ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्।
- इरानलाई नकआउट चरण पुग्न अबका तीनवटा समूह (जे, के र एल) मध्ये कुनै एकमा निश्चित नतिजा आवश्यक छ।
काठमाडौँ । विश्वकपको समूह चरणको अन्तिम खेलमा इजिप्टसँग १–१ गोलको रोमाञ्चक बराबरीमा रोकिएपछि इरानको नकआउट चरण पुग्ने सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने भएको छ।
सियाटलमा भएको खेलको अन्तिम समयमा इरानले गरेको गोललाई भीएआरले अफसाइड घोषित गरिदिएपछि इरान ऐतिहासिक उपलब्धिबाट बञ्चित भएको हो।
खेलको इन्जुरी समयको सातौँ मिनेटमा सइद एजातोलाहीको हेडर क्रसबारमा लागेर फर्किएको थियो भने शोजा खलिलजादेहले गोल गरे पनि त्यसले मान्यता पाएन।
इरानले आफ्ना तीनवटै खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ। यो समूहबाट बेल्जियम ७ अंकसहित विजेता र इजिप्ट ५ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। इरान भने ३ अंक र शून्य गोल अन्तरसहित तेस्रो स्थानमा छ।
विश्वकपको नियम अनुसार उत्कृष्ट ८ वटा तेस्रो स्थान हासिल गर्ने टोलीहरू अन्तिम ३२ मा पुग्नेछन्। हाल इरान तेस्रो स्थानमा रहेका टोलीहरूको वरीयतामा छैटौँ स्थानमा छ। इरानलाई नकआउट चरण पुग्न अबका तीनवटा समूह (जे, के र एल) मध्ये कुनै एकमा निम्न मध्ये एक नतिजा आवश्यक छ–
१. समूह ‘एल’: घानाले क्रोएसियालाई पराजित गरेमा इरान अघिल्लो चरण प्रवेश गर्नेछ।
२. समूह ‘के’: कंगोले उज्वेकिस्तानलाई हराउन नसकेमा इरान छनोट हुनेछ। (यद्यपि, उज्वेकिस्तानले जितेको खण्डमा ७ गोल वा सोभन्दा बढीको फराकिलो अन्तरले जित्नु हुँदैन)।
३। समूह ‘जे’: अल्जेरिया र अस्ट्रियाबीचको खेल बराबरीमा सकिनु हुँदैन। यी दुईमध्ये कुनै एक टोलीले जितेको खण्डमा इरानको बाटो खुल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी : ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण