पत्नीले प्रेमीसँग बिहे गरेको भन्दै अनशन बसे यी युवक
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको सहारनपुमा जिल्ला अधिकारी (डीएम) कार्यालय अगाडि एक युवक अनशनमा बसेको विषय निकै चर्चामा छ ।
रवि कुमार नाम गरेका ती व्यक्ति आफ्नी पत्नी सम्बन्धविच्छेदविना नै अर्को पुरुषसँग वैवाहिक जीवनमा रहेको बताउँदै यसबारे विभिन्न निकायमा उजुरी गर्दा पनि सुनुवाइ नभएको भन्दै अनशन बसेका हुन् ।
रवि कुमारका अनुसार उनको विवाह २ जुलाइ २०१८ मा शोषन उर्फ राधिका नाम गरेकी युवतीसँग भएको थियो । विवाहपछि राधिकाले प्रेमीसँग मिलेर गहना, बहुमूल्य सामान र नगदसहित लिएर फरार भएको र आफूविरुद्ध दाइजो उत्पीडन, घरेलु हिंसाजस्ता विषयमा मुद्दा दिएको उनको भनाइ छ । ती मुद्दामा आफूलाई अदालतले सफाइ दिइसकेको उनको तर्क छ ।
सन् २०२३ मा पत्नी राधिकाले सम्बन्ध विच्छेदविना नै दीपक नाम गरेका युवकसँग अवैध सम्बन्धपछि विवाह गरेको रवि कुमारले बताए । उनीहरूको एक सन्तानसमेत रहेको उनले दाबी गरे ।
यसबारे आफूले उजुरी दिए पनि सुनुवाइ नभएको र घरबाट लगिएका गहना, नगद र बहुमूल्य सामान फिर्ता नपाएको रवि कुमारको गुनासो छ । उनले आफ्नो माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण