काठमाडौँको लप्सेफेदीमा पिकनिकबाट फर्किँदै गरेको बस दुर्घटना
बुधबार, २३ पुस २०८२, १९ : ०३
काठमाडौँ । काठमाडौँको संखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जङ्गलमा बस दुर्घटना भएको छ ।
स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
बसमा नेचर हब कम्पनीमा आबद्ध यात्रु सवार थिए । पिकनिक स्पटबाट फर्किँदै गरेको बस सडकबाट १ सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा ४० जना सवार थिए ।
दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा पठाएको एसपी सुवेदीले जानकारी दिए ।
घाइतेहरूको शंखरापुर स्थित पिपुल्स अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटी र सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सुरक्षाकर्मीले घाइते यात्रुलाई उद्धार गरेर एम्बुलेन्स मार्फत अस्पतालमा पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण