शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
समाचार

मधुकर आचार्य सन् २०२६ का लागि फिफा सहायक रेफ्रीमा छनोट

बुधबार, २३ पुस २०८२, २० : ३०
बुधबार, २३ पुस २०८२

विराटनगर । विराटनगर महानगरपालिका–३ निवासी मधुकर आचार्य सन् २०२६ का लागि फिफा सहायक रेफ्रीमा छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघको मान्यता प्राप्त गरेसँगै आचार्यले अब अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गर्न पाउनेछन् ।

आफ्नो खेल जीवनको सुरुवात विद्यालयस्तरबाटै गरेका आचार्यले विराटनगरका मोतीराम स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब हुँदै विभागीय टोली सशस्त्र प्रहरी बलबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । खेलमैदानमा प्रदर्शन गर्ने अनुशासन र निष्पक्षताका कारण उनी खेलाडीबाट रेफ्री भूमिकातर्फ आकर्षित भएका हुन् ।

सन् २०१६ मा आधारभूत तालिम लिई रेफ्री यात्रा सुरु गरेका उनले सन् २०१८ मा वर्ग–३, २०१९ मा वर्ग–२ र २०२० मा वर्ग–१ को राष्ट्रिय परीक्षा उत्तीर्ण गरेका थिए ।

झण्डै एक दशक लामो निरन्तर मेहनत र इमानदारिताको परिणामस्वरूप उनी जनवरी २०२६ बाट लागु हुने गरी फिफाको अन्तर्राष्ट्रिय रेफ्री सूचीमा सूचीकृत भएका हुन् । यो सफलताले आफूलाई खुसी र गौरव थपेको आचार्यले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप