महालक्ष्मी उद्योगबाट ५ लाख भन्दा बढीको अखाद्य दालमोठ नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको चन्द्रागिरीस्थित एक उद्योगबाट उत्पादित ठुलो परिमाणको न्यून गुणस्तरको (अखाद्य) दालमोठ नष्ट गरेको छ ।
विभागले चन्द्रागिरी नगरपालिका–१२ स्थित ’महालक्ष्मी दालमोठ उद्योग’ द्वारा उत्पादित करिब ५ लाख १९ हजार ६ सय रुपैयाँ बराबरको दालमोठ नष्ट गरेको हो ।
विभागले शुक्रबार एक प्रेस नोट जारी गर्दै स्थानीय जनप्रतिनिधिको रोहवरमा कुल २५९८ प्याकेट दालमोठ नष्ट गरिएको जानकारी दिएको छ ।
विभागका अनुसार मंसिर ५ गते उक्त उद्योगमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उद्योगबाट सङ्कलन गरिएको दालमोठको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ ’न्यूनस्तर’ को पाइएको थियो ।
मानव स्वास्थ्यमा असर पर्ने गरी न्यून गुणस्तरको उत्पादन भेटिएपछि विभागले अर्को आदेश नभएसम्मका लागि उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण रोक्का राखी उत्पादन समेत बन्द गराएको थियो ।
ल्याब रिपोर्टमा कैफियत देखिएपछि विभागले मिति २०२५/११ मा उत्पादित ०३ ब्याच नम्बरको ’भालेश्वर ब्रान्ड’ को ६०० ग्रामको सबै मिक्स दालमोठ बजारबाट तत्काल फिर्ता गर्न गत पुस ११ मा आदेश जारी गरेको थियो ।
विभागको आदेशपछि उद्योगमा रोक्का राखिएको १०२ बोरा (प्रति बोरा २५ प्याकेट) र उद्योगले बजारबाट फिर्ता ल्याएको १ बोरा २३ प्याकेट गरी जम्मा १०३ बोरा र २३ प्याकेट दालमोठ नष्ट गरिएको विभागका प्रवक्ता डा. बाल कुमारी शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण