नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो 'युनियन-पे कार्ड', ५ वर्षसम्म शुल्क नलाग्ने
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि 'एनआईएमबी युनियन-पे कार्ड' सेवा सञ्चालनमा ल्याएको छ। आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित बैंकले बिहीबारदेखि यो कार्डको औपचारिक शुभारम्भ गरेको हो।
बैंकले सुरक्षित, भरपर्दो र विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरूप युनियन-पे कार्ड ल्याएको जनाएको छ।
नवप्रवर्तनयुक्त सुविधासहित आएको यो कार्डमार्फत ग्राहकले देशभित्र तथा विदेशमा समेत सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा चल्ने भएकाले यसले भुक्तानी, अनलाइन कारोबार र अन्तर्राष्ट्रिय यात्रालाई थप सरल तथा सुरक्षित बनाउने बैंकको दाबी छ।
५ वर्षसम्म कार्ड शुल्क नलाग्ने
कार्ड शुभारम्भको अवसरमा बैंकले ग्राहकहरूका लागि विशेष 'प्रारम्भिक अभियान' सार्वजनिक गरेको छ। जसअनुसार बैंकले अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका युनियन-पे कार्डमा ५ वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट दिने व्यवस्था गरेको छ।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले कुनै पनि शुल्क नतिरी दीर्घकालीन सुविधा लिन चाहने इच्छुक ग्राहकलाई समयमै आवेदन दिन बैंकले आग्रह गरेको छ।
यस सहकार्यले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकलाई कार्डमा आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ। हाल बैंकले २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङमार्फत सेवा प्रवाह गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण