मोरङमा मतदाता सङ्ख्या ७ लाख ८३ हजार नाघ्यो, कुन निर्वाचन क्षेत्रमा कति ?
सारांश
- मोरङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता ७ लाखभन्दा बढी पुगेको छ।
- निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५ सय २५ मतदाता थपिएका छन्।
- मोरङमा पुरुष मतदाता ३ लाख ९९ हजार ६ सय ८६ र महिला मतदाता ३ लाख ८३ हजार ३ सय ५७ रहेका छन्।
मोरङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा मतदाता सङ्ख्या ७ लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या ७ लाख ८३ हजार ५० पुगेको हो ।
आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५ सय ३५ मतदाता रहेका थिए । यससँग तुलना गर्दा पछिल्लो अवधिमा जिल्लामा ४७ हजार ५ सय २५ मतदाता थपिएका छन् ।
लैङ्गिक आधारमा हेर्दा मोरङमा पुरुष मतदाता सङ्ख्या ३ लाख ९९ हजार ६ सय ८६ पुगेको छ भने महिला मतदाता ३ लाख ८३ हजार ३ सय ५७ छन् ।
मोरङ जिल्लामा प्रतिनिधिसभा तर्फ कुल ६ निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै मतदाता रहेका छन् । यस क्षेत्रमा १ लाख ५८ हजार ५७ मतदाता छन् । त्यसपछि क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २९ हजार १ सय ८४, क्षेत्र नम्बर १ मा १ लाख २८ हजार ५ सय ४५, क्षेत्र नम्बर ४ मा १ लाख १९ हजार २ सय ५५ र क्षेत्र नम्बर ५ मा १ लाख १० हजार १ सय ७७ मतदाता रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण