जङ्गली हात्तीले क्षति पुर्याएका १० घरपरिवारलाई राहत प्रदान
आइतबार, २७ पुस २०८२, २२ : ३४
सारांश
- लहान नगरपालिकाले हात्तीको आक्रमणबाट पीडित १० परिवारलाई राहत वितरण गर्यो।
- राहतमा चामल, सिरक, र प्रति परिवार १० हजार नगद सहयोग समावेश छ।
- जंगली जनावरको जोखिम कम गर्न योजना बनाइनेछ।
सिरहा । यहाँको लहान नगरपालिका–१६ आरिदमार टोलमा एक साताअघि भएको जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई लहान नगरपालिकाले आइतबार राहत उपलब्ध गराएको छ ।
यही पुस १७ गते राति हात्तीले क्षति पुर्याएको परिवारलाई ५०/५० किलो चामलसहित खाद्यान्न वितरण गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी दिए । यसैगरी वृद्धवृद्धा, सुत्केरी र विशेष संवेदनशील परिवारलाई फाइबर सिरक पनि उपलब्ध गराइएको उनले बताए ।
नगरप्रमुख चौधरीले घर मर्मत र पुनः स्थापनाका लागि प्रत्येक पीडित परिवारलाई रु १०/१० हजार नगद पनि उपलब्ध गराइने जानकारी दिए । यस्तै, दीर्घकालीन रूपमा जङ्गली जनावरको जोखिम न्यूनीकरण गर्न डिभिजन वन कार्यालय, सुरक्षाकर्मी र स्थानीय समुदायसँग मिलेर पूर्वसूचना प्रणाली, निगरानी र जनचेतनामूलक कार्यक्रम अघि बढाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण