शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

बन्दसत्रबाट ‘विशेष महाधिवेशन कार्यविधि’ पारित

सोमबार, २८ पुस २०८२, ११ : ५२
सोमबार, २८ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । 

अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । 

सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको भनिएपनि के–के विषय राखिएको छ भन्नेबारे प्रस्ट भइसकेको छैन । 

सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो । बन्दसत्र र समग्र विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूहले भने बहिस्कार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप