प्रतिनिधिसभा निर्वाचन : संखुवासभाबाट दलहरूले गरे पुरानै नेता सिफारिस
संखुवासभा । सङ्खुवासभामा अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन् ।
जिल्लामा प्रमुख दल सहित राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन् । मुख्य दल कांग्रेस, एमालेबाट उम्मेदवार सिफारिसमा प्रायः पुरानै नेताको नाम सिफारिस गरेर पठाइएको छ ।
सङ्खुवासभाबाट नेपाली कांग्रेस, नेकपा (एमाले),नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले आफ्ना उम्मेदवारहरूको नाम पार्टीको केन्द्रसमक्ष सिफारिस गर्न थालेका हुन् ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरी सकेको जनाएका छन् ।
नेपाली कांग्रेस सङ्खुवासभाले प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार सिफारिस गरेको हो । कांग्रेस सङ्खुवासभाको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
जसमा प्रत्यक्षमा कार्यवाहक सभापति अनन्त कुमार गौली, पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्का, पूर्व सांसद पासाङ शेर्पा, पूर्व जिल्ला सभापति दिपन कुमार श्रेष्ठ,ए कराज पोख्रेल, रामकुमार थापा, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री तारामान गुरुङ, उमेश चौहान, उर्मिला पाण्डे गौली नाम सिफारिस गरेको छ ।
नेकपा एमाले सङ्खुवासभाले प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम केन्द्रमा पठाएको छ । नेकपा एमाले सङ्खुवासभाले पार्टीका वर्तमान प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम सहित ६ जनाको नाम सिफारिस गरेको हो । जसमा कोशी प्रदेशका पूर्वमन्त्री तुलसीप्रसाद न्यौपाने, नेता भविश्वर गुरुङ, शेरबहादुर कार्की, अर्जुन कार्की, अम्बिका खवास रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सङ्खुवासभाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्व प्रदेशसभा सदस्य सरिता थापा, नेताहरू चन्द्र बहादुर न्यौपाने, पूर्व केन्द्रीय सदस्य उमेश कुमार डाँगी र पूर्व केन्द्रीय सदस्य राजेन्द्र कुमार किराँतीको नाम सिफारिस गरेको हो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ । रास्वपाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ मिङ्मा शेर्पालाई सिफारिस गरेर पठाइएको छ ।
नेकपा (माओवादी)ले पहिलो पटक प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीले प्रत्यक्षतर्फ युवराज राईलाई सिफारिस गरेको छ । यस्तै राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम राईलाई उम्मेदवारमा सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण