काठमाडौँ-५ मा राप्रपाबाट को बन्ला उम्मेदवार ?
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै काठमाडौँ क्षेत्र नम्बर-५ को राजनीतिक माहौल पनि तातिएको छ ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट नेता ईश्वर पोखरेल सिफारिस भइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रभावशाली उम्मेदवार खडा गर्ने तयारी गरिरहेको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसबाट गत निर्वाचनका प्रदीप पौडेल विजेता भएका थिए भने उनी पुनः उम्मेदवार बन्ने सम्भावना छ । हेभिवेड भिडन्त हुने सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आफ्नो सशक्त उपस्थिति जनाउने तयारी गरेको छ ।
काठमाडौँ ५ का लागि राप्रपाको क्षेत्रीय कमिटीले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष हेमजङ्ग गुरुङ र युवा नेता हिक्मतजङ्ग कार्कीसहित ५ जनाको नाम सिफारिस गरेको छ । यद्यपि, डा. लोहनीलाई सम्मानका लागि मात्र सिफारिस गरिएको र उपाध्यक्ष गुरुङलाई पार्टीका शुभचिन्तक एवं नेताहरूले चुनाव नलड्न सुझाव दिएकाले कार्कीको उम्मेदवारी बलियो देखिएको नेताहरु बताउँछन् ।
यस्तै पछिल्लो समय राजनीतिमा आएको ‘नयाँको लहर’ लाई सम्बोधन गर्न पार्टीले युवालाई नै अघि सार्नुपर्ने दबाब समेत छ ।
कार्की पार्टीको अन्तर्राष्ट्रिय विभागमा रहेर सफल भूमिका निभाएका व्यक्ति हुन् ।
अहिलेको परिस्थिति युवामय बन्दै गएकाले अध्यक्षले टिकट दिनेमा आफू विश्वस्त रहेको कार्कीले बताए । आफूलाई पार्टीले विश्वास गरेको खण्डमा नतिजा निकाल्ने गरी अघि बढ्न तयार रहेको समेत उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण