झापा–५ मा बालेन आए ओलीको मतान्तर बढ्छ : अध्यक्ष गिरी
सारांश
- एमाले झापाका अध्यक्ष प्रेम गिरीले बालेन शाह झापाबाट चुनाव लडे पनि केपी ओलीले जित्ने दाबी गरे।
- गिरीले बालेनलाई रास्वपासँग अदृश्य शक्तिले मिलाएको र रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनाएको आरोप लगाए।
- अघिल्लो निर्वाचनमा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए।
झापा । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुनाव लड्न बालेन शाह आए केपी शर्मा ओली अझ धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापाबाट निर्वाचन लड्ने चर्चा भइरहेका बेला अध्यक्ष गिरीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
एमाले पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ । मंगलबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले झापा– ५ मा बालेन आएपनि एमालेलाई केही फरक नपर्ने पनि बताए । ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन । हामीले जनताको काम गरेका छौँ’, जनताको काम गर्नेलाई मतदाताले मत दिन्छन् ।
गिरीले बालेन झापाबाट उम्मेदवार बन्नेमा आफूलाई विश्वास नलागेको भन्दै आइहाले पनि फरक नपर्ने बताएका हुन् । अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृश्य शक्तिले जबरजस्त मिलाएको दाबी पनि गरेका छन् । ‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्विकार्न सक्दैन । रास्वपाले बालेनको राजनीति झापाबाटै सिद्ध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्’, अध्यक्ष गिरीको भनाइ छ ।
अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए ।
एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण