आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

निलम्बित सांसद सरोज सिंहविरुद्धकाे भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

मङ्गलबार, २९ पुस २०८२, १७ : १४
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • पूर्व राज्यमन्त्री सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिइएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको थियो।
  • सिंहले उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोप लागेको छ, र रकम आफ्नो र श्रीमतीको खातामा जम्मा पारेका थिए।

काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार साझी बुझ्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग आयोगले लगाएको छ ।

यसै अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर भएका अन्य प्रतिवादीमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप