अमेरिकापछि इजरायलले पनि तोड्यो युएनका ७ एजेन्सीसँग सम्बन्ध
सारांश
- इजरायलले संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीबाट आफूलाई अलग गरेको छ, जसले पक्षपात गरेको आरोप लगाएको छ।
- इजरायलले बालबालिका र सशस्त्र द्वन्द्व, लैङ्गिक समानता, र महिला सशक्तीकरणसम्बन्धी युएन एजेन्सीहरूबाट बाहिरिने निर्णय गरेको छ।
- इजरायलले युएन वुमनले इजरायली महिलामाथि भएका यौन दुर्व्यवहारका घटनालाई बेवास्ता गरेको आरोप लगाएको छ।
तेल अभिभ । अमेरिकी कदमलाई पछ्याउँदै इजरायलले संयुक्त राष्ट्रसंघ (युएन)सम्बद्ध कयौँ एजेन्सीबाट आफूलाई अलग्याएको छ । यी एजेन्सीहरूले आफूमाथि पक्षपात गरेको र राजनीति गरेको इजरायलको दाबी छ ।
गतहप्ता मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हितका विरुद्धमा काम गरिरहेको भन्दै युएन र अन्य अन्तर्राष्ट्रिय संस्था समेत गरेर ६६ वटा सङ्गठन र सन्धिबाट अमेरिकालाई अलग्याएका थिए । यसमध्ये आधा जति युएनका सङ्गठन थिए ।
इजरायलमाथि पक्षपात गरेकोदेखि अप्रभावकारी कर्मचारीतन्त्रसम्मका कारण औँल्याउँदै बालबालिका र सशस्त्र द्वन्द्व, लैङ्गिक समानता र महिला सशक्तीकरण, ऊर्जा, आप्रवासनसँग सम्बन्धित युएनका एजेन्सीबाट बाहिरिने निर्णय गरिएको इजरायलका विदेशमन्त्री गिदेओन सरले मंगलबार घोषणा गरेका थिए ।
बहिर्गमन तत्कालै लागू हुने बताइएको छ । बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि महासचिवको विशेष प्रतिनिधिको कार्यालयले २०२४ को जुनमा एउटा प्रतिवेदनमा इजरायललाई आईएसआईएस र बोको हरामसँगै कालो सूचीमा राखेको थियो ।
सन् २०२३ को अक्टोबरमा इजरायली महिलामाथि भएका सबै यौन दूर्व्यवहारका मामिलालाई युएन वुमनले जानी जानी बेवास्ता गरेको भन्दै इजरायललाई यस एजेन्सीबाट बाहिर निकालेको बताइएको छ । सरकारले युएनका अन्य एजेन्सीसँगको सम्बन्ध पनि निरन्तर छानबिन गर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण