अर्डर गरेको १६ वर्षपछि व्यापारीले माेबाइल प्राप्त गरेपछि...
काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीका एक मोबाइल फोन व्यापारीले १६ वर्षअघि अर्डर गरेका नोकियाका पुश–बटन मोबाइल फोनहरू बल्ल पाएका छन् । २०१० मा लिबियामा गृहयुद्ध सुरु हुनुअघि अर्डर गरिएका ती फोनहरू भर्खरै मात्र व्यापारीको हातमा पुगेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा रातो प्लास्टिकको झोलाबाट पुराना मोडलका मोबाइल फोन खोल्दै ती व्यापारी ‘यी फोन हुन कि ऐतिहासिक सामग्री ?’ भन्दै व्यङ्ग्यात्मक प्रश्न गरेको देखिन्छ ।
अर्डरमा सन् २००० को दशकको अन्त्यतिरका उच्चस्तरीय नोकिया मोडलहरू, कम्युनिकेटर प्रकारका उपकरण र स्लाइडिङ ह्यान्डहेल्ड फोनहरू समावेश छन् । तर यी फोन अहिलेको समयमा पूर्ण रूपमा अप्रचलित भइसकेका छन् ।
सन् २०११ मा सुरु भएको गृहयुद्धका कारण लिबियाको ढुवानी र भन्सार सेवा लगभग ठप्प बनेपछि उक्त अर्डर रोकिएको थियो ।
अन्य धेरै सामानझैँ यी मोबाइल फोनहरू पनि कुनै गोदाममा वर्षाैंसम्म थन्किएर बसे । हालै ती सामान फेला परेपछि सम्बन्धित व्यक्तिलाई पठाइएको बताइएको छ ।
रोचक कुरा के छ भने, फोन पठाउने र प्राप्त गर्ने दुवै व्यक्ति त्रिपोलीमै थिए । उनीहरूबिचको दूरी केही किलोमिटर मात्रै थियो। तर पनि अर्डर पूरा हुन १६ वर्ष लाग्यो ।
यो घटना सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । धेरै प्रयोगकर्ताले द्वन्द्वले सामान्य जीवन र व्यापारिक गतिविधिमा कति गम्भीर असर पार्छ भन्ने उदाहरणका रूपमा यस घटनालाई उल्लेख गरिरहेका छन् ।
पूर्व राष्ट्रपति मुअम्मद गद्दाफीको शासन पतनपछि लिबिया लामो समयदेखि राजनीतिक रूपमा विभाजित छ ।
हाल देश त्रिपोलीमासंयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त प्रधानमन्त्री अब्दुलहमिद ड्बेइबाहको नेतृत्वको सरकार र रूस समर्थित जनरल खलिफा हफ्तारको पूर्वी प्रशासनबिच विभाजित अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण