भीमफेदीको जुरिखेतमा कार दुर्घटना, ३ जना घाइते
सारांश
- मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
- हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको कार अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको हो।
- घाइतेहरुको उद्धार गरी भीमफेदी अस्पतालमा उपचारका लागि पठाइएको छ र उनीहरुको अवस्था सामान्य छ।
हेटौँडा । मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार भीमफेदी– कुलेखानी– काठमाडौँ सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिउँसो २ः०० बजेको समयमा दुर्घटनामा घाइते भएकाहरूलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको उनले बताए । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ४ किलोमिटर पूर्व–उत्तरमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण