एमालेको 'राजधानी विशेष कमिटी' घोषणा, उपत्यकामा चुनावी अभियान सुरु
सारांश
- एमालेले संशोधित विधानअनुसार शक्तिशाली 'राजधानी विशेष कमिटी' घोषणा गरेको छ।
- कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विशेष अभियान सुरु गरेको छ।
- नारायण सिलवालको नेतृत्वमा कमिटी गठन भएको छ, जसमा अन्य पदाधिकारीहरू पनि छन्।
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको संशोधित विधानअनुसार शक्तिशाली 'राजधानी विशेष कमिटी' घोषणा गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नयाँ कमिटीको घोषणा गर्दै एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि लक्षित विशेष अभियान समेत सुरु गरेको छ।
ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनको मर्मअनुसार काठमाडौँ उपत्यकाका जिल्ला कमिटीहरूलाई समेटेर प्रदेशस्तरको यो विशेष सङ्गठन संरचना बनाइएको हो। पुस २२ गतेको सचिवालय बैठकको निर्णयअनुसार यस कमिटीको नेतृत्व नारायण सिलवालले सम्हालेका छन्। कमिटीको उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल तथा उपसचिवद्वयमा शशिजङ्ग थापा र वेलिमाया घले रहेका छन्।
पार्टीका सचिव डा. राजन भट्टराईलाई यो विशेष कमिटीको इन्चार्जको जिम्मेवारी दिइएको छ। अध्यक्ष ओलीले कमिटीका पदाधिकारीहरूलाई जिम्मेवारी सुम्पिँदै निर्वाचनको तयारीमा पूर्ण शक्तिसाथ लाग्न निर्देशन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण