१० जना एसएसपीको पदस्थापन
सारांश
- नेपाल प्रहरीको जनपद समूहमा बढुवा भएका १० जना एसएसपीको पदस्थापन गरिएको छ।
- विभिन्न प्रदेश प्रहरी कार्यालय र महाशाखामा एसएसपीहरूको पदस्थापन गरिएको छ।
- प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको पदस्थापन सम्बन्धी जानकारी दिएको छ।
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा सुवासचन्द्र बोहरालाई पदस्थापन गरिएको छ ।
राम प्रकाश शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, भुवनेश्वर तिवारीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा र ऋषिराम कँडेललाई सीआईबी स्थित आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखामा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सुरेश प्रसाद काफ्लेलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा श्याम सिं चौधरी र अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा नुकल पोरेललाई पदस्थापन गरिएको छ ।
दिलीप घिमिरेलाई मानवश्रोत विकाश विभाग, पदम बहादुर विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र योगेन्द्र सिंह थापालाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण