बालेन शाह आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने
आइतबार, ०४ माघ २०८२, १२ : ३१
सारांश
- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।
- उनले राजीनामा नदिई बैठकमा सहभागी जनाएका छन्, प्रवक्ता मनिष झाले जानकारी दिए।
- बैठकपछि, बालेन र रवि लामिछाने जनकपुर जाने कार्यक्रम रहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएर रास्वपा बैठकमा सहभागी हुने चर्चा भए पनि उनी राजीनामा नदिई बैठकमा सहभागी हुन लागेका हुन् ।
रास्वपाले आइतबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बस्नुअघि बालेन १ बजे केन्द्रीय कार्यालय वनस्थली पुग्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक सकिए लगत्तै सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका बालेन लगायत नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम रहेको छ ।
रास्वपा र बोलन समूहबिच पुस १३ गते एकता भएको थियो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण