चुनाव लड्नेबारे के भने मन्त्री खरेलले ?
सारांश
- मन्त्री जगदीश खरेलले चुनाव लड्ने वा नलड्ने विषयमा कुनै निर्णय नगरेको बताए।
- मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ।
- सरकारले सहकारी क्षेत्रका समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी चुनाव लड्ने वा नलड्ने विषयमा हालसम्म कुनै निर्णय नगरेको प्रष्ट पारेका छन्।
आइतबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस विषयमा बाहिर आएका चर्चाको खण्डन गर्दै आफूले सार्वजनिक रूपमा कतै पनि यसबारे नबोलेको दाबी गरेका हुन्। चुनावका विषयमा भइरहेका अड्कलबाजीलाई उनले व्यक्तिगत निर्णयको विषय भन्दै आजका दिनसम्म कुनै निष्कर्षमा नपुगेको बताए।
यसैबिच माघ २ गते बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण विकास परियोजना र प्रशासनिक निर्णयहरू गरेको छ। प्रवक्ता खरेलका अनुसार बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ। राष्ट्रिय गौरवको यो आयोजनाको लगानी सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै सहकारी क्षेत्रमा देखिएका गम्भीर समस्या र बेथितिको समाधानका लागि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोग, २०८२' गठन गर्ने निर्णय समेत गरेको छ।
बैठकले नेपाली सेनाको सांगठनिक संरचनामा पनि केही फेरबदल गरेको छ। जसअनुसार नेपाली सेनाका एक सहायक रथीको सरुवा गर्ने र एक महासेनानीलाई सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण