शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

आइतबार, ०४ माघ २०८२, २२ : ३८
आइतबार, ०४ माघ २०८२

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन मास्कीले आज प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले चुनावमा भाग लिनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको मास्कीले बताए । यसअघि उनी दाङ ३(२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय आयोजक कमिटी सदस्य हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप