नेकपाबाट मकवानपुरमा गौतम र विष्ट बने उम्मेदवार
हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरका दुई क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । नेकपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिका विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएकोछ ।
मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक चुनावमा उत्रिएका हुन् । उनी नेकपा नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा स्वकीय सचिव बसेका थिए । विद्यार्थी राजनीति र आन्दोलनमा सक्रिय गौतम पछिल्लो समय जिल्लाको राजनीतिमा व्यस्त छन् ।
बकैया गाउँपालिका निवासी गौतम तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज थिए । मकवानपुर–१ मा तत्कालीन माओवादीबाट प्रेमबहादुर पुलामी ‘छिन्तु’ उम्मेदवार थिए भने गठबन्धनका कारण २०७४ मा एमालेका कृष्ण दाहाल र २०७९ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई सघाएको थियो । मकवानपुर–१ अन्तर्गतको बागमती र बकैया गाउँपालिकामा नेकपाको उपस्थिति राम्रो देखिन्छ भने हेटौंडा बजार क्षेत्रमा भने केही कमजोर छ ।
यता मकवानपुर–२ मा उम्मेदवार बनेका विष्ट रुपचन्द्र विष्ट ‘रुदाने’का अनुयायी हुन् । उनी २०७४ मा थाहा नगरपालिकाका मेयर थिए । २०७९ सालमा कुनै पनि पदमा नउठेका उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । मेयर रहँदा उनले गरेको कामबारे जिल्लामा अझै पनि चर्चा हुने गरेको छ ।
विकास निर्माणसँगै सेवाप्रवाहमा उनको कार्यकालमा थाहा नगरपालिका उत्कृष्ट थियो । मकवानपुर–२ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका लगायत क्षेत्रमा नेकपाको उपस्थिति राम्रो मानिन्छ । मनहरी, राकिसराङ र मकवानपुरगढी गाउँपालिका क्षेत्रमा भने कमजोर देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण