बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन सम्भव: प्रहरी महानिरीक्षक कार्की

सोमबार, ०५ माघ २०८२, २२ : ५३
सोमबार, ०५ माघ २०८२

सारांश

  • प्रहरी महानिरीक्षक कार्कीले समुदाय र प्रहरीको साझेदारीबाट समृद्धि र अमनचयन कायम हुने बताए ।
  • उनले शान्ति सुरक्षाका लागि नागरिकको सहयोग आवश्यक रहेको कुरामा जोड दिइन् ।
  • ललितपुरका प्रहरी प्रमुखले क्षतिग्रस्त कार्यालय पुनर्निर्माणबारे जानकारी दिए ।

ललितपुर । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन कायम सम्भव हुने बताएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा सोमबार मङ्गलबजारको कार्तिक डबलीमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी नेपाल प्रहरी कार्यक्रम २०८२’ लाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले समुदाय र प्रहरीको सौहार्दपूर्ण सम्बन्धले मात्र शान्ति सुरक्षा कायम हुनसक्ने बताए ।

“कानुन कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी हो, तर त्यसका लागि नागरिकहरूको सहयोग र समन्वय महत्त्वपूर्ण हुन्छ”, उनले भने । महानिरीक्षक कार्कीले प्रविधिको विकाससँगै सांस्कृतिक र समाजको सम्बन्ध कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गरे ।

जिल्ला प्रहरी ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले क्षतिग्रस्त प्रहरी कार्यालयहरूका पुनर्निर्माण र जलेका सवारीसाधनहरूको ठाउँमा थप साधनहरू परिपूर्ति गरिसकेको जानकारी दिए । 

यस कार्यक्रममार्फत नेपाल प्रहरीले प्रहरी र नागरिकबिचको अन्तरसम्बन्ध पुनः स्थापित गर्दै पारदर्शिता, संवाद र सहयोगमा आधारित सहकार्यमूलक वातावरण बनाउँदै शान्ति सुरक्षा, अमनचयन कायम गर्न सहयोग पुग्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप