पर्वतमा माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन
सारांश
- पर्वत जिल्ला प्रशासन कार्यालयले माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ।
- निर्वाचनलाई लक्षित गर्दै प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो ।
- प्रशासनले समयमै हतियार नबुझाए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो ।
द्वन्द व्यवस्थापनपछि गाउँगाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराएको छ । आगामी निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए ।
उनका अनुसार इजाजत प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक महिना पश्चात् उनीहरूलाई नै फिर्ता गर्ने गरी हातहतियार धनीहरूलाई नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरूसँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू माघ २० गते भित्र स्थानीय प्रहरी कार्यालयहरूमा अनिवार्य रूपमा बुझाउन आग्रह गरेको उनको भनाइ छ ।
हातहतियार दर्ता गराएर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नवीकरणको यथेष्ट तथ्याङ्क भने छैन । नवीकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नवीकरणको विवरण अद्यावधिक हुन नसकेको कार्यालयले जनाएको छ । समयमै हातहतियार नबुझाउनेहरूलाई खोजतलास गरी कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि प्रशासनले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
-
व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण