फ्ल्यास स्पोर्ट्स टेनिस : सोनाम, सारा र विश्वलाई स्वर्ण
काठमाडौँ । बूढानीलकण्ठस्थित च्यासिन्डोलमा सम्पन्न फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले स्वर्ण पदक जितेका छन् । फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन सोमबार विभिन्न उमेर समूहका फाइनल खेलहरू सम्पन्न भए ।
यु–१० ब्वाइज सिंगल्सको फाइनलमा सोनामले एस्टन श्रेष्ठलाई ६–४, ६–४ को सोझो सेटमा पन्छाउँदै स्वर्ण चुमे । त्यस्तै, यु–१२ गर्ल्स सिंगल्समा सारा पन्तले आर्या पौडेलमाथि ६–१ र ६–० को सहज जित निकालिन् । साराको यो व्यक्तिगत दोस्रो स्वर्ण हो, यसअघि उनले यु–१४ गर्ल्स सिंगल्समा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।
यु–१४ ब्वाइज सिंगल्सको उपाधि विश्वविशेष डल्लाकोटीको पोल्टामा पर्यो । फाइनल भिडन्तमा अर्याशराज पौडेल 'रिटायर्ड हर्ट' भएपछि विश्वलाई विजेता घोषित गरियो । सुरुवाती दुई सेट १–१ को बराबरी भएको अवस्थामा निर्णायक सेटमा विश्व १–० ले अगाडि रहँदा अर्याशले खेल छाडेका थिए । पहिलो सेट विश्वले ६–३ ले जितेका थिए भने दोस्रो सेट अर्याशले ६–१ ले जितेका थिए ।
यु–१६ ब्वाइज सिंगल्समा साङ्गे रोकाया च्याम्पियन बने । उनले फाइनलमा असभसम्राट हाडाबाट 'वाक ओभर' पाए । प्रतियोगिताभर स्वस्तिका विष्टले पनि आफ्नो वर्चस्व कायम गरिन् । उनले यु–१६ र यु–१८ दुवै गर्ल्स सिंगल्समा स्वर्ण जितिन् ।
अन्य विजेताहरू:
- यु–८ ब्वाइज: सर्वज्ञजंग खत्री
- यु–८ गर्ल्स: भानी राजभण्डारी
- यु–१८ ब्वाइज: आयुशमान हजुर घले
- यु–९ ब्वाइज: टोनिस श्रेष्ठ
- यु–१० गर्ल्स: निम्ति कुँवर
- यु–१२ ब्वाइज: आरित मल्ल
- ब्वाइज डबल्स: दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडी
नेपाल टेनिस संघको स्वीकृतिमा भएको यस प्रतियोगितामा १५ स्पर्धामा कुल १४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेताहरूलाई टेनिस संघका अध्यक्ष मनोहरदास मुल, संयोजक कृष्णराज घले र नेपालका नम्बर वान खेलाडी प्रदीप खड्का लगायतले पुरस्कृत गरे । आयोजक एकेडेमीका सञ्चालक श्रवण कार्कीले पाँच दिने प्रतियोगिता भव्य रूपमा सफल भएको भन्दै सबैलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
अब अनलाइनबाटै मेडिकल काउन्सिलमा उजुरी दिन सकिने
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण