महेश बस्नेतसँग भिड्न कबिर राणा कांग्रेसका उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, ११ : २२
सारांश
- नेपाली कांग्रेसले भक्तपुर-२ मा नेकपा एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ।
- कांग्रेसले यसअघि एमाले उम्मेदवार बस्नेतलाई हराएका दुर्लभ थापालाई टिकट दिएन र राणालाई उम्मेदवार बनायो।
- कांग्रेस संसदीय बोर्ड बैठकले राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो, जो कांग्रेस भक्तपुरका जिल्ला सदस्य हुन्।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतसँग भिड्न नेपाली कांग्रेसले भक्तपुर–२ मा पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ । राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादन हुन् ।
यसअघि २०७९ को निर्वाचनमा एमाले उम्मेदवार बस्नेतलाई हराएका दुर्लभ थापालाई टिकट नदिई कांग्रेसले राणालाई उम्मेदवार बनाएको हो ।
कांग्रेस संसदीय बोर्ड बैठकले कांग्रेस भक्तपुरका जिल्ला कार्यसमिति सदस्य रहेका राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसले भक्तपुर १ मा किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण