कपिलवस्तु–२ : एमाले छाडेका गुप्ता नेकपाको ‘तारा’ चिह्न लिएर मैदानमा
मङ्गलबार, ०६ माघ २०८२, १३ : १५
सारांश
- बुटवलमा, पूर्व सांसद बृजेशकुमार गुप्ताले नेकपा एमाले छाडेर नेकपाबाट उम्मेदवारी दिएका छन्।
- गुप्ताले फागुन २१ गते हुने निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराए।
- गुप्ताले नेकपाको चुनाव चिह्न लिएर चुनावी मैदानमा आउने निर्णय गरेका छन्, र उनी कपिलवस्तुका प्रभावशाली नेता हुन्।
बुटवल । कपिलवस्तुको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका पूर्व सांसद बृजेशकुमार गुप्ताले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर कपिलवस्तु क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका हुन् ।
केही हप्ता अघि मात्रै एमालेदबाट राजीनामा दिएका गुप्ताले यसपटक नेकपाको ’तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन् । कपिलवस्तुबाट चार पटकसम्म सङ्घीय सांसद जितिसकेका गुप्ता यस क्षेत्रका निकै प्रभावशाली नेता मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण