बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

गोरखा-२ मा नेकपाबाट लेखनाथ न्यौपानेको उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १४ : ०६
मङ्गलबार, ०६ माघ २०८२

पोखरा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता न्यौपानेले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा विश्वेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् ।

राजनीतिमा सरल र सादगी नेताका रूपमा परिचित न्यौपाने पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । विद्यार्थी राजनीतिबाट आएका न्यौपानेले पहिलो पटक प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेसँगै गोरखा-२ को चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । सोही क्षेत्रबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि उम्मेदवार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप