जनार्दनले प्रचण्डलाई भने– राजनीतिक रूपमा आउने पर्यटक
सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा रुकुम पश्चिममा आगामी प्रतिनिधि सभाका उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिक रूपमा आउने पर्यटकको संज्ञा दिएका छन् ।
मंगलबार मुख्य निर्वाचन कार्यालय मुसिकोटमा उम्मेदवारी दर्ता पश्चात् पत्रकारसँग कुरा गर्दै शर्माले यस्तो बताएका हुन् ।
‘जनार्दनलाई विचलित भनेर देख्नेहरुलाई म भन्न चाहन्छु, जनार्दनले तयार पारेको आधारभूमि हो पूर्वी रुकुम,’ प्रचण्डतर्फ लक्षित गर्दै उनले भने, ‘हेलिकप्टरमा डोजर ल्याएर हामीले बाटो खनेका हौँ, उज्यालो रुकुम लयातका थुप्रै पुर्वाधारहरु बनायौँ, जहाँ जनतालाई आज राहत भएको छ । त्यस्तो आधारभूमिमा आउने राजनीतिक पर्यटनका यात्रीलाई म के भन्न चाहन्छु भने विचलित जनार्दन छैन ।’
विचलित को छ भन्ने कुरा जेनजी आन्दोलनपछि देखिएको खरानीको थुप्रोले स्पष्ट गरिसकेको उनले बताए ।
‘अब भ्रम बाँड्न पर्दैन, जनार्दन जुनसुकै कसीमा जाँचिन तयार छ, जुनसुकै करघरामा उभिन पनि तयार छ,’ उनले थपे । शर्माले कसको विचलनका कारण आज देश यो अवस्थामा पुग्यो भन्ने कुरा आम जनतालाई थाह नै भएको बताए ।
विचलन बचाउनका लागि, विचलित हुन नदिनका लागि जनार्दनले हिजोको पार्टीमा आफुले संघर्ष गरेको उनले स्पट पारे । उनले थपे, ‘सबैलाई म के आग्रह गर्न चाहन्छु भने, तपाईंहरूलाई कस्तो कामदार चाहियो ? म कामदार हुँ । म जनताको नोकर हुँ । म जनताको सेवामा हाजिर हुने मान्छे हुँ । तपाईंहरूलाई कस्तो कामदार चाहियो, छनोट गर्ने यहाँहरूसँग अधिकार छ । यहाँहरूले छनोट गर्नुहोस् । म यहाँहरूप्रति विश्वस्त छु, ढुक्क छु ।’
साथै शर्माले यो आफ्नो अन्तिम उम्मेदवारी भएको पनि स्पस्ट पारे ।
अन्तिम पटकको उम्मेदवारी आफ्ना अधुरा कामहरुलाई पूरा गर्ने, जनताका सपनाहरुलाई पूरा गर्ने, युवालाई र रुकुमलाई साँच्चिकै देशको एउटा नमुना जिल्लाको रुपमा अगाडि बढाउने लक्ष्यका साथ रहेको पनि शर्माले बताए ।
साथै संसदमा गएर राष्ट्रियताको रक्षा गर्दै, आफ्नो ड्युटी पूरा गर्न आफू जनताको बिचमा फेरि आएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण