राजनीति
कांग्रेस सभापति थापाले वारेसमार्फत दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १७ : २४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका कांग्रेस प्रवक्ता देवराज चालिसेले रातोपाटीलाई जानकारी दिए ।
सभापति थापाकाे वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् ।
पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघिका निर्वाचनमा काठमाडौँ ४ बाट उम्मेदवार बन्दै आएका थापा यो पटक मधेस झरेर सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण