शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बागलुङ– १ मा कांग्रेसबाट भीम श्रीसको उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, १७ : ४१
मङ्गलबार, ०६ माघ २०८२

पोखरा । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता भीम श्रीस रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रानाले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा रानाको प्रस्तावकमा किरणराज पौडेल रहेका छन् भने समर्थकमा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हरिप्रसाद श्रेष्ठ रहेका छन् ।

उम्मेदवार राना विद्यार्थी राजनीतिबाट उदाएका प्रभावशाली नेता हुन् । उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पूर्व स्ववियू सभापति समेत हुन् ।

पार्टी राजनीतिमा पनि उनी सक्रिय रहँदै आएका छन् । कांग्रेसको हालै काठमाडौंमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाएसँगै रानाले संसदीय निर्वाचनमा बागलुङ–१ बाट टिकट पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप